युएईविरुद्धको श्रृङखलामा नेपाल विजयी, आसिफ र ज्ञानेन्द्रको उत्कृष्ट प्रदर्शन

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई)लाई ६ विकेटले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिम विजयी भएको छ । तीन खेलको एक दिवसीय श्रृङखला २–१ ले जितेको हो ।
ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्ल उत्कृष्ट प्रदर्शनले युएई ६ विकेटले पराजित भएको हो । त्रिवि मैदानमा गत सोमबार सम्पन्न पहिलो खेलमा ८४ रनले पराजित नेपालले बुधबारको दोस्रो खेल ३ विकेटले विजयी भएको थियो ।
शुक्रबारको खेलमा युएईले दिएको १७७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४०.१ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।
खेलमा ओपनर आशिफ र तेस्रो नम्बरमा ब्याटिङ गरेका ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । अर्का ओपनर अर्जुन साउद ९ रनमा आउट हुँदा नेपालले १० ओभरमा २४ रन बनाएको थियो ।
त्यसपछि आएका ज्ञानेन्द्रले आशिफसँग मिलेर दोस्रो विकेटका लागि १२२ रनको शतकीय साझेदारी गर्दै जित सुनिश्चित बनाएका थिए ।
ज्ञानेन्द्रले ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रन बनाए । एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पाँचौं अर्धशतक हो ।
एक दिवशीय अन्तर्राष्ट्रियमा पाँचौं अर्धशतक बनाएका आशिफ ८८ रनमा अविजित रहे । उनले ११९ बलमा १२ चौका प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले १० रन बनाए ।
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया