अर्जेन्टिना र साउदी भिड्दै, आज चार खेल हुँदै

काठमाडौं । कतार फिफा विश्वकपअन्तर्गत मंगलबार चार खेलहरु आयोजना हुँदैछन् । पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबियाबिच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार दिउसो पौने चार बजे सुरु हुनेछ ।
स्टार खेलाडी लियोनल मेसीको कप्तानीमा अर्जेन्टिना सुखद् सुरुवात गर्नेत तयारी छ । मेसीले यो प्रतियोगितामा नै आफ्नो अन्तिम विश्वकप भएको बताएका छन् । अर्जेन्टिनालाई मेसी सहित, लौटारो मार्टिनेज, डि मारिया,पाउलो डिबला जस्ता खेलाडीको साथ छ ।
साझ पौने सात बजे हुने खेलमा डेनमार्क र ट्युनिसिया खेल्नेछन् । यसैगरी राति पौने दश बजे मेक्सिको र पोल्यान्डबीच भिडन्त हुनेछ । पौने एक बजे फ्रान्स र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुने तालिका छ ।
समूह सी को अर्जेन्टिना र साउदीसँगै मेक्सिको र पोल्यान्ड छन् । चारै देशको कतार विश्वकपमा पहिलो खेल हो । यता, समूह डी मा समेत फ्रान्स र अस्ट्रेलिया तथा डेनमार्क र ट्युनिसियाको पहिलो खेल रहेको छ ।
सोमबार भएको खेलमा इङ्ग्ल्यान्ड र नेदरल्यान्डले जित निकाल्दा वेल्स र अमेरिकाले अंक बाढेका थिए ।
















रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया