मतदाता बोकेको जीप खस्दा छ जनाको मृत्यु, आठ घाइते
मेरोन्यूज
२०७९ मंसिर १२ गते १६:४१
काठमाडौँ । मतदाता बोकेका एक जीप पाकिस्तान नियन्त्रित काश्मिर (पीओके)को नीलम उपत्यकामा नालीमा खस्दा छ जनाको मृत्यु भएको छ । घटनामा आठ जना घाइते भएको डन पत्रिका जनाएको छ ।
घटनामा मृत्यु हुनेमा छ जना महिला रहेका स्थानीय प्रहरीले जनाएको छ । दुधनियालको छारी इलाकामा आइतबार दिउँसो करिब साढे १२ बजे जीप तीन सय फिट गहिरो नालीमा खसेको हो ।
जीपले आफ्नो क्षमताभन्दा धेरै मानिस बोकेको समाचारमा जनाइएको छ । दुर्घटना घाइते भएकाको अवस्था पनि गम्भीर रहेको बताइएको छ । यात्रुहरु निलम खोलाको छेउमा रहेको ठाण्डा पानी गाउँका बासिन्दा रहेका र नजिकैको मतदान केन्द्रमा आएका थिए ।
घाइतेलाई दुधनियाल आधारभूत स्वास्थ्य इकाईमा उपचार गरिएको छ । पाँच जना गम्भीर घाइते भएकाले थप उपचारका लागि मुजफ्फराबाद पठाइएको समाचारमा जनाइएको छ ।
सम्बन्धित
















नेशनल लाइफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न
कोही कसैलाई पनि घरबारबिहीन बनाउँदैनौं : रवि लामिछाने
बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
उद्योगी व्यवसायीलाई रविले भने– डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया