इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

काठमाडौं । क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले पराजित गर्दै अमेरिका कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति प्राप्त जितसँगै समूह ुबीुबाट उपविजेताको रुपमा अमेरिका अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो । यदि हारले भने अमेरिकाको सपना समाप्त हुने थियो ।
जितपछि अमेरिकाले तीन खेलबाट पाँच अंक जोड्दै दोस्रो स्थानमा रहयो । यस समूहबाट इंग्ल्यान्ड विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेर शीर्ष स्थान रह्यो । इरान तीन अंक र वेल्स एक अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ ।
अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले खेलको ३८औं मिनेटमा निर्णायक गोल गरेका थिए । बाँकी समय दुबै टोलीले गोलका केहि अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् ।
रातिनै भएको खेलमा मार्कुस रसफोर्ड चम्किएको खेलमा वेल्सलाई ३–० अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा स्थान बनाएको हो । इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस र सफोर्डले दुई गोल गरेका थिए । यसैगरी फिल फोडेनको नाममा एक गोल रह्यो ।
















खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया