टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा

काठमाडौं । विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रीय टेबल टेनिस छनोट प्रतियोगिता नेपालमा हुने भएको छ ।
प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले जानकारी दिए ।
प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्स गरी ६ राष्ट्रको सहभागिता रहने छ । भुटान सहभागी नहुने भएको छ । प्रत्येक राष्ट्रबाट ५-५ पुरुष-महिला खेलाडी सहभागी हुने बताइएको छ ।
पुरुष-महिला सिंगल्समा लिग कम नकआउट आधारमा हुनेछ । पुरुष-महिलामा १६-१६ खेलाडी छनोट हुने छन् ।
नेपालबाट पुरुषमा रुविन महर्जन, प्रदीप रोक्का, संयोग कपाली, विनेश खानियाँ र शिवसुन्दर गोथेले प्रतिस्पर्धा गर्ने छन् । महिलामा नवीता श्रेष्ठ, एलिना महर्जन, रविना महर्जन, शिखा सुवाल र इभाना थापा मगरले खेल्ने छन् । खेलाडीलाई मुख्य प्रशिक्षक सन्जिव ढुंगेलको नेतृत्वमा सञ्जय अर्याल र सन्ध्या शाक्यले प्रशिक्षण गराइ रहेका छन् ।
शंकर गौतमले प्रतियोगिता निर्देशक, तेजेन्द्रसिंह महराले कम्पिटिसन म्यानेजर र आयोजक संघका प्रथम उपाध्यक्ष धम्रमान वज्राचार्यले व्यवस्थापन समितिको जिम्मेवारी पाएका छन् ।
प्रतियोगितालाई एनसेल एक्सजियटा लिमिटेड, नेपाली घर, ब्रोडलिंक, नेविकोलगायतका संस्था प्रायोजन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया