मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा (भिडियोसहित)

काठमाडौं । गायक छवि न्यौपाने र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘तिम्रो आँखामै हराएछु’को म्युजिक भिडियो सार्वजनिक गरिएकाे छ ।
अमेरिकामा रियल स्टेट व्यवसयीका रुपमा आफ्नो भिन्न छवि बनाउन सफल गायक न्यौपाने आफ्नो व्यवसाय सँगसँगै नेपाली गीत संगीतमा पनि तल्लिन रहँदै एकपछि अर्को सशक्त म्युजिक भिडियोहरू बजारमा ल्याउने क्रममा तिम्रो आँखामै हराएछु रिलिज गरेका हुन् ।
गायक न्यौपानेको तिम्रो आँखामै हराएछु मेलिनासँगको दोस्रो सहकार्य हो । यसअघि उनले मेलिनासँग यो जुनीमा तिम्रोमा स्वर भरेका छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनमा छायांकन गरिएको भिडियोमा प्रेम र रोमान्सका रमाइला किस्साहरू देख्न सकिन्छ ।
जहाँ प्रेमी आफ्नो सुनौलो संसारकी राजकुमारीलाई आफ्नो आफ्नो जीवनमा नै सजाउने सपना देख्छन् र रमाउँछन् । भिडियोमा आलिसा बास्तोला र लोमश शर्माले जीवन्त अभिनय गरेका छन् ।
कुमार मिश्रको शब्द, कर्मा ग्याल्छेन बम्जनको संगीत र फणिन्द्र राईको एरेन्ज रहेको गीतको छायांकन सुन्दर नगरी बुटवलमा गरिएको हो । गौतम बुद्धको जन्मस्थल लुम्बिनमा छायांकन गरिएको भिडियोमा प्रेम र रोमान्सका रमाइला किस्साहरु देख्न सकिन्छ ।
जहाँ प्रेमी आफ्नो सुनौलो संसारकी राजकुमारीलाई आफ्नो आफ्नो जीवनमा नै सजाउने सपना देख्छन् र रमाउँछन् । प्रकाश धितालको निर्देशनमा तयार भएको भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् ।
गायक छविले अहिलेसम्म एक दर्जन बढी गीतहरु बजारमा ल्याइसकेका छन् । उनको नयाँ एल्बम पुण्य कर्म रिलिजको तयारीमा रहेको छ ।
भिडियाे लिंक
















इलाममा हटाइयो चियाको न्यूनतम समर्थन मूल्य
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
सुनको मूल्य प्रतितोला दुई हजार २०० ले बढ्यो, चाँदीको घट्यो
घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु
Twenty-six injured in bus accident
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया