स्वास्थ्य पत्रकार मञ्च नेपाललाई एपिक्याट अवार्ड २०२२ प्रदान

काठमाडौं । स्वास्थ्य पत्रकार मञ्च नेपाललाई एपिक्याट अवार्ड २०२२ प्रदान गरिएको छ ।
बिहीबारदेखि इन्डोनेशियाको बालीमा सुरु भएको सुर्तीजन्य पदार्थ र नसर्ने रोगविरुद्ध एशिया प्रशान्त क्षेत्रका नगरहरुको दवाब समूह (एपीक्याट)को साताै शिखर सम्मेलनमा मञ्चलाई अन्ततर्राष्ट्रिय स्तरको अवार्ड प्रदान गरिएको हो । नसर्ने रोग तथा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी अभियानमा मञ्चले योगदान गरेको भन्दै अमेरिकाको ब्लुम्वर्ग फिल्यान्थ्रोपिक र इन्डोनेशियाको बोगर सिटीका मेयर विमा आर्याले मञ्चका अध्यक्ष रामप्रसाद न्यौैपानेलाई सो अवार्ड हस्तान्तरण गरे । मञ्च सहित सम्मेलनमा आठ वटा सरकारी तथा गैरसरकारी निकायलाई पनि उक्त अवार्ड प्रदान गरिएको छ ।
अवार्ड पाउनेमा बाली प्रोभिन्स इन्डोनेशिया, डिली नगर पालिका टिमोरलिस्टे, ताङगाईल नगरपालिका, बंगलादेश, कम्बोडियाको स्वास्थ्य मन्त्रालय, टोबाको, सिटी द फिलिपिन्स, पूर्वरेजो रेजेन्सी इन्डोनेशिया, पालेब्याङसिटी इन्डोनेशिया रहेका छन् ।
यस्तै न्युमान सौरिक्ता रिजेन्ट अफ क्लुङकुङ डिस्टीकका न्युमान स्वरित्तालाई वल्र्ड नोट टोबाको डे २०२२ अवार्डद्धारा सम्मान गरिएको छ । बिहीबारदेखि नै सुरु भएको सम्मेलन तीन दिन चल्ने छ । सम्मेलनमा १२ देशका ८२ वटा सहरका मेयर तथा प्रतिनिधिहरुको सहभागीता रहेको छ ।
















बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
इनड्राइभद्वारा ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सम्पन्न
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिक्रिया