कतार विश्वकप २०२२
पोर्चुगलमाथि रोमाञ्चक जित निकाल्दै दक्षिण कोरिया नकआउट चरण
उरुग्वे र घाना समुह चरणबाट बाहिरिए, पोर्चुगल अन्तिम खेल हारेपनि समुह विजेताको रुपमा नकआउटमा
काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह ई को अन्तिम खेलमा पोर्चुगलमाथि २-१ को जित दर्ता गर्दै कोरिया उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । पोर्चुगल हारका बाबजुद पनि समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। पोर्चुगल यस अगाडी समुहका अन्य दुई खेल नै जितेर शुक्रबारको अन्तिम खेल खेल्नु अगाडी नै नकआउट चरणमा प्रवेश गरिसकेको थियो ।
मुख्य खेलाडी विश्राम दिएको पोर्चुगलले पहिलो हाफमा अग्रता लिएपनि त्यसलाई दोस्रो हाफसम्म जोगाउन सकेन ।
दोस्रो हाफमा थप खेलाडी विश्राम दिँदै पोर्चुगलले जोखिम नलिने रणनीति लिएको थियो । तर अर्को खेलमा ऊरुग्वे जिततर्फ उन्मुख भएपछि पोर्चुगल हारले पनि समूह विजेता बन्ने पक्का भएपछि प्रशिक्षक सान्तोसले जोखिम लिएनन् । यसको फाइदा कोरियाले उठायो ।

इन्ज्युरी समयमा गोल गर्दै कोरियाले २-१ को अप्रत्याशित जित हासिल गर्यो ।
खेलको पाँचौ मिनेटमा पोर्चुगलले अग्रता लिएको थियो । डिअोगो डालोटको कटब्याकलाई रिकार्डो होर्टाले ६ यार्ड बक्स नजिकबाट सुन्दर फिनिस गरे ।
२७ अौं मिनेटमा दक्षिण कोरियाले बराबरी गोल फर्कायो । कर्नरमा क्लियर हुन नसकेको बललाई किम युङ-ग्वनले गोलमा परिणत गरे । ६ यार्ड बक्स भित्रबाट उनले गोल गरेका थिए ।

हाफको इन्ज्युरी समयमा कोरियाका ह्वाङ हि चानले इन्ज्युरी समयमा गोल गर्दै खेल र समूह समीकरणमा अग्रता लियो । पोर्चुगलको कर्नर असफल भएपछि ह्युङ मिन सनले आफ्नो हाफदेखि बल अघि बढाउँदै पोर्चुगलको पेनाल्टी नजिक पुर्याए । सनले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पासलाई ह्वाङ हि चानले गोलमा परिणत गरे ।
समूहको अर्को खेलमा उरुग्वेले घानालाई २-० ले पराजित गरेपनि दुवै टोली अघि बढ्न सकेनन् ।
यस नतिजासँगै पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्यो । पोर्चुगलले ३ खेलमा ६ अंक जोड्दै समूह विजेता बन्यो । कोरिया र उरुग्वे ३ खेलमा ४-४ अंकसाथ दोस्रो र तेस्रो स्थानमा रहे । दुवैको गोलअन्तर शून्य भएपनि बढी गोल गरेको आधारमा कोरिया अघि बढेको हो ।
कोरियाले ४ गोल गर्दा उरुग्वेले २ गोल गरेको थियो । घाना ३ अंक जोड्दै चौथो भएर समुह चरण बाट बाहिरिएको छ ।
















नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया