अस्ट्रेलियासँग खेल्दा मेसीको खेल जिवनीकै एक हजार खेल हुने

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले खेल जिवनीकै एक हजार खेल खेल्दै छन् । अहमेद विन अली मैदानमा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत प्रि–क्वार्टरफाइनल शनिबार एसियाली राष्ट्र अस्ट्रेलियासँग खेल्दा मेसीको फुटबल करिअरमा हजार खेल पूरा हुनेछ ।
मेसीले बार्सिलोनाका लागि सर्वाधिक सात सय ७८ खेल खेलेका छन् । यसैगरी, अर्जेन्टिनाबाट एक सय ६९ क्याप जित्दा पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट ५३ खेल खेलेका छन् ।
३५ वर्षीय मेसीले अस्ट्रेलियाविरुद्ध खेलमा हार व्यहोरे विश्वकपमा अन्तिम खेल हुनेछ । ‘मेसी विश्वकपका उत्कृष्ट खेलाडीमध्ये एक हुन् । हामी शनिबार ९० मिनेट मेसीसँगै खेल्दै छौँ,’ अस्ट्रेलियन रक्षक ह्यारी साउटरले भने । जारी विश्वकपमा मेसीले दुई गोल गरेका छन् ।
मेसीले विश्वकपमा पोल्यान्डसँगको खेलमा पेनाल्टी गुमाएका थिए । यसैगरी, पोल्यान्ड र मेक्सिकोविरुद्ध एक–एक गोल गरेका छन् ।
अष्ट्रेलियाले अन्तिम खेलमा डेनमार्कलाई पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको थियो । यता, पहिलो खेलमा साउदी अरेबियासँग अप्रत्याशित २–१ को हार व्यहोरेको अर्जेन्टिना उत्कृष्ट कमब्याक गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो । अस्ट्रेलियाले दोस्रोपटक नकआउटमा स्थान बनाएको हो ।
यसअघि अस्ट्रेलिया सन् २००६ मा इटालीसँग १–० ले पराजित हुँदै क्वार्टरफाइनलमा पुग्न असफल भएको थियो ।
शनिबार अर्जेन्टिनालाई विंगर एन्जल डी मारियाको चोटले सताउनेछ । पोल्यान्डविरुद्ध चोट बोक्दा दोस्रो हाफमा मैदानबाट बाहिरिएका थिए । लौटारो मार्टिज र जुलियन अल्भारेजले मेसीलाई अग्रपंक्तिमा साथ दिनेछन् ।
ग्राहम अर्नोन्डको प्रशिक्षणमा रहेका अस्ट्रेलिया जारी विश्वकपमा अर्को अप्रत्यासित नतिजा निकाल्न चाहन्छ । ह्यारी साउटर, म्याट रायन, म्याथिव लेकीजस्ता खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा अर्जेन्टिनाको तेस्रो पटक विश्वकप जित्ने योजना असफल बन्न सक्छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया