जिल्ला अस्पताल बैतडी प्रदेशकै उत्कृष्ट

काठमाडौँ । जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा अस्पताल उत्कृष्ट भएको हो ।
न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पातलले ८९ प्रतिशत अंक ल्याएर प्रदेशकै प्रथम भएको अस्पतालका प्रमुख डा. दिपेश श्रेष्ठले बताए । वर्षमा दुईपटक हुँदै आएको अनुगमनमा गत वर्ष उक्त अस्पतालले ६३ प्रतिशत अंक ल्याएको थियो । अस्पताल यही मंसिरमा गरेको अनुगमनमा ८९ प्रतिशत अंक ल्याउँदै प्रथम हुन सफल भएको हो ।
विभिन्न मापदण्ड र सूचकका आधारमा अस्पताललाई अंक दिइएको जनाइएको छ । प्रशासन व्यवस्थान, क्लिनिकल सर्भिस, हस्पिटल सपोर्ट सिस्टममलाई आधार मानेर गरिएको अनुगमनमा प्रदेशकै प्रथम हुन सफल भएको अस्पतालका प्रमुख डाक्टर श्रेष्ठले बताए ।
न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट हुँदा आफूलाई निकै खुसी लागेको र अझै पनि अस्पतालको सेवालाई प्रभावकारी बनाउनेतर्फ लाग्ने अस्पतालले जनाएको छ ।
















तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया