कतार विश्वकप २०२२
मेसीको उच्च प्रदर्शनसँगै अष्ट्रेलियालाई हराएर अर्जेन्टिना क्वाटरफाइनलमा

काठमाडौं । दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना अष्ट्रेलियालाई हराउँदै कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कतारको हमद बिन अली रंगशालामा अर्जेन्टिनाले २-१ को जित निकाल्दैं अन्तिम आठमा स्थान सुरषित गरेको हो ।
अव अर्जेन्टिनाको क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग भेट पक्का भएको छ ।
कप्तान मेसीले आफ्नो हजारौं खेलमा सुरुवाती गोलसहित उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिनाको जित सम्भव भएको थियो । मैदानमा ४५ हजार दर्शकसामु पहिलो हाफमा मेसीकै गोलमा अग्रता लिएको अर्जेन्टिनाका लागि दोस्रो हाफमा ९ नम्बरका खेलाडी जुलियन अल्भारेजले गोल थपेका थिए । दोस्रो आफको अन्त्यतिर अष्ट्रेलियाले गोल थपेपनि उक्त गोल नतिजा बदल्न पर्याप्त रहेन । मेसीले प्रि बटर फाइनलमा विश्वकपमै यो पहिलो गोल गरेका हुन् ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले सुरुवाती समय रक्षात्मक खेल प्रस्तुत गरे । निकै समय लिएर आक्रमण गर्ने क्रममा अधिकांश समय बल आफ्नै हाफमा खेलिएको थियो । अष्ट्रेलियाले अग्ला कदका खेलाडीको फाइदा उठाउँदै लामो बल खेल्दै डिफेन्स लाइन बिट गर्न खोजेको थियो । तर अर्जेन्टिनाको पेनाल्टी क्षेत्रतिर बल पुर्याउन नसक्दा अधिकांश आक्रमण प्रयास सफल हुन सकेन ।

अर्जेन्टिनालाई खेलको मध्य भागमा खेल्न नदिने हिसाबले मिडफिल्ड बलियो पारेको अष्ट्रेलियाको रणनीति ३५ मिनेटसम्म मात्र टिक्यो । खेलको सुरुवातदेखि कम्तीमा एक खेलाडीबाट मार्क भएका मेसीलाई खुला छोड्नु निर्णायक भयो । मेसीले पेनाल्टी क्षेत्र बाहिरबाट सुरु गरेको आक्रमण उनी आफैं दुइ पासपछि भित्र पसेर फिनिस गरे ।
खेलको ३५ अौं मिनेटमा अर्जेन्टिनाले मेस्सीको गोलमा सुरुवाती अग्रता बनायो । मेस्सी आफैंले पेनाल्टी क्षेत्र बाहिरबाट पास खेल्दै सुरु गरेको मुभ गोलमा परिणत भयो । निकोलस अोटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रोकेको बलमा मेस्सीको प्रहार डिफेन्डरको खुट्टा मुनि हुँदै गोलरक्षक पार भएको थियो ।
दोस्रो हाफ सुरु भएपछि अर्जेन्टिनाले मिडफिल्डर गोमेजको स्थानमा डिफेन्डर लिसान्द्रो मार्टिनेज प्रवेश गरायो । विंगब्याकलाई आक्रमणमा प्रयोग गर्दै अर्जेन्टिनाले लगातार बल आफैंसँग राख्ने प्रयास गरेको थियो ।
खेलको ५८ अौं मिनेटमा अर्जेन्टिनाले गोलरक्षक म्याट रायनको गल्तीको फाइदा उठाउँदै अग्रता दोब्बर पार्यो । जुलियन अल्भारेजले गोलरक्षकबाट फुस्किएको बलमा सहजै गोल गरे । रायनले ६ यार्ड बक्सभित्र क्लिअरेन्स गर्न ढिलो गरेपछि रोड्रीगो डे पलले उनलाई दबाब दिएका थिए । त्यस क्रममा अल्भारेजले फुस्किएको बललाई पोस्टतर्फ पठाएर २-० ले अघि बढाए ।
७७ अौं मिनेटमा क्रेग गुडविनले अष्ट्रेलियाका लागि गोल फर्काए । यस खेलमा बेन्चमा रहेका उनले मैदान प्रवेश गरेको १५ मिनेटपछि गोल गरे । क्लियर हुन नसकेको बललाई उनले २५ यार्ड टाढाबाट गरेको प्रहार एन्जो फर्नान्डेजलाई लाग्दै गोल भएको थियो ।
७९ अौं मिनेटमा अष्ट्रेलिया खेल बराबरी गर्ने स्वर्णीम अवसरबाट चुक्यो । अजिज बेहिचले मिडफिल्डबाट पेनाल्टी क्षेत्र भित्रसम्म पाँच डिफेन्डर कटाएर गर्न लागेको प्रहार मार्टिनेजले बचाए । उनले अन्तिम समयमा उत्कृष्ट ट्याकल गर्दै पक्का देखिएको गोल बचाएका थिए ।
८८ अौं मिनेटमा अर्जेन्टिनाले जित पक्का गर्ने अवसर सदुपयोग गर्न सकेन । मेस्सीले डिफेन्स लाइन बिट गरेर दिएको पासमा लौटारो मार्टिनेजले गल्ती गरे । वन भर्सेस वनको अवस्थामा उनले पोस्टभन्दा निकै माथि प्रहार गरेका थिए ।
आजै भएको राउन्ड अफ १६ चरणको पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ ले पराजित गरेको थियो ।
















फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया