स्वीस सिंगापुरलाई ५० हजार टन मलको ठेक्का, जीटूजीको मल अर्को सातादेखि

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले ५० हजार टन मल आयात गर्ने ठेक्का स्वीस सिंगापुरलाई दिएको छ । कम्पनीले ग्लोबल टेन्डर आह्वान गरेर २० हजार टन डीएपी र ३० हजार मेट्रिक टन युरिया गरी ५० हजार मेट्रिक टनको कम्पनीलाई दिएको हो ।
कम्पनीका अनुसार तीनवटा कम्पनीले बोलपत्रमा सहभागी भएकामा स्विस सिङ्गापुर कम्पनी छनोट भएको हो । मल आयातका लागि अर्थ मन्त्रालयबाट १६ अर्ब रुपियाँ सुनिश्चित भइसकेको छ । एक महिनाभित्र मल आयात गरिसक्ने भएकाले हिउँदेबालीका लाथि मल अभाव नहुने कम्पनीको दाबी छ । हिउँदमा खासगरि गहुँ, मकै, आलु, तरकारी लगाइन्छ । यस वर्ष कृषि सामग्री कम्पनीले १० अर्ब ५० करोड रुपैयाँ बराबरको एक लाख ३० हजार टन मल आयात गरिसकेको छ । कम्पनीसँग हाल ३० हजार मेट्रिक टन युरिया र १८ हजार पाँच सय टन डीएपी मौज्दात छ ।
मल खरिद गर्न कृषि मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । थप १६ अर्ब रुपैयाँ स्रोत अर्थ मन्त्रालयले सुरक्षित गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मल खरिदका लागि ३१ अर्ब रुपैयाँ बजेट सुनिश्चित हुँदा यसले तीन लाख २४ हजार पाँच सय मेट्रिक टन रासायनिक मल खरिद गर्न पुग्ने अुनमान छ । यो वर्ष अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले पनि बढी परिमाण खरिद गरिने मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल युरिया प्रति टन ७५० डलर र डीएपी प्रति टन ८५० डलर छ ।
नेपाल र भारतबीच सरकार–सरकारबीच (जीटूजी) भएको सम्झौताअनुसार ३० हजार टन रासायनिक मल अर्को साता आउने भएको छ । मल खरिद गर्न तीन अर्ब २६ करोड रुपैयाँ भारत पठाइसकेको छ । भारतले जीटूजीमार्फत नेपाललाई वार्षिक कम्तीमा एक लाख टन युरिया तथा ५० हजार टन डीएपी मल उपलब्ध गराउने गरी गत वर्ष फागुन दोस्रो साता समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार पहिलो चरणमा ३० हजार मेट्रिक टन रासायनिक मल आउन लागेको हो । जीटुजीमार्फत दोस्रो वर्षमा एक लाख ७० हजार टन, तेस्रो वर्षमा एक लाख ९५ हजार टन, चौथो तथा पाँचौँ वर्षमा दुई लाख १० हजार टन रासायनिक मल उपलब्ध गराउने सम्झौता भएको थियो ।
















युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
भोलि ईदकाे सार्वजनिक बिदा
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
प्रतिक्रिया