चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको सफलताप्रति चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)ले बधाई तथा शुभकामना व्यक्त गरेको छ । सिपीसीको अन्तरराष्ट्रिय विभागले पठाएको उक्त बधाई सन्देशमा दुई पार्टीबीचको बढ्दो सम्बन्धप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा हुने सहकार्यबाट सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरिएको छ ।
रास्वपाका अन्तरराष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालले पार्टीलाई प्राप्त पत्रबारे जानकारी दिनुभएको हो । उहाँका अनुसार पत्रमार्फत सिपीसीले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा व्यक्त गरिएको छ ।
सो पत्रमा दुई देशबीचको राजनीतिक आपसी विश्वासलाई थप मजबुत बनाउँदै दुवै देश र जनताको हितमा ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ । सिपीसीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ तथा द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सहकार्य गर्न तत्परता देखाएकोे रास्वपाका नेता खनालले जानकारी दिए ।
रास्वपाले नेपालको स्वतन्त्र परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहँदै छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने जनाएको छ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया