मंगलबार, माघ १३, २०८२

खाग काटिएको अवस्थामा गैँडा मृत फेला

मेरोन्यूज २०७९ मंसिर १८ गते १७:२२

काठमाडौँ । चितवनको कालिका नगरपालिका १ मा मृत अवस्थामा गैँडा फेला परेको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा खाग काटिएको गैँडा मृत फेला परेको हो ।

गैँडालाई ६ महिनाअगाडि चोरी शिकारीले मारेको हुन सक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ । डिभिजन वन कार्यालय चितवनले गैँडाको खप्पर र हड्डी मात्रै भेटिएको जनाएको छ । 

डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो ।

प्रतिक्रिया