विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय टिमले श्रीलंका ‘ए’सँगको तेस्रो खेलमा शानदार जित निकालेको छ।
शनिबार सम्पन्न भएको तेस्रो अभ्यास खेलमा नेपालले ७ विकेटको जित निकालेको हो। सुरुका दुई अभ्यास खेलमा पराजित भएको नेपालले अभ्यास शृङ्खलाको सुखद् अन्त्य गरेको हो।सुरुमा ब्याटिङ गरेको श्रीलंका ‘ए’ ले दिएको १३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमै ३ विकेट गुमाउँदै पूरा गरेको हो।
नेपालको जितमा कुशल भुर्तेलले महत्त्वपूर्ण योगदान दिए। अर्धशतक बनाउन एक रनले चुकेको भुर्तेलले ३५ बल खेल्दै ४९ रन बनाए।उपकप्तान दीपेन्द्र सिंह ऐरी १५ बलमा २२ रन बनाउँदा अविजित रहे। त्यस्तै, आरिफ शेखले २२ बलमा २४ रन जोडे भने कप्तान रोहितकुमार पौडेलले १९ रनको योगदान दिए। ओपनर आशिफ शेख ११ रनमा आउट भएका थिए।
विश्वकप अगाडि अब नेपालले श्रीलंकाबाट सिधै भारतमा गएर अभ्यास गर्नेछ।
















अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया