इरानमा महिलालाई हिजाब लगाउन बाध्य पार्ने नैतिकता प्रहरी एकाइ खारेज

तेहरान । हिजाब नलगाएको आरोपमा पक्राउ परेकी एक युवतीको मृत्युसँगै देशव्यापी फैलिएको दुई महिना लामो प्रदर्शनपछि इरानले अन्ततः आफ्नो नैतिकता प्रहरी एकाइहरू खारेज गरेको एक शीर्ष न्यायिक अधिकारीले जानकारी दिएका छन् । हिजावसम्बन्धी नियम उल्लंघन गरेको भन्दै नैतिकतासम्बन्धी प्रहरीले सेप्टेम्बरको मध्यमा महसा अमिनिलाई पक्राउ गरेको थियो । उनको हिरासतमै मृत्यु भएको थियो । उनको मृत्युको विरोधमा भएका प्रदर्शनमा मात्र ३०० जनाभन्दा बढीको मृत्यु भएको छ । प्रहरीले हजारौँलाई पक्राउ गरेको छ । पक्राउ परेका सयौँविरुद्ध सरकारले मुद्दा लगाएको छ ।
नैतिकता प्रहरी इकाइहरू खारेज गर्न विपक्षी दलहरूको तीव्र दबाबबीच सरकारको पछिल्लो निर्णय आएको हो । उनीहरुले नैतिकतासम्बन्धी प्रहरीका गतिविधि नियन्त्रण गर्न पनि माग गरेका थिए ।
‘नैतिकता पुलिसको न्यायपालिकासँग कुनै सरोकार छैन र यसलाई खारेज गरिएको छ’, एक धार्मिक सम्मेलनमा ‘नैतिकता प्रहरीलाई किन बन्द गरिँदै छ ?’ भन्ने एक सहभागीको प्रश्नको जवाफ दिँदै महान्यायाधिवक्ता मोहम्मद जाफर मोन्ताजेरीले भने ।एजेन्सी
















यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया