सोमबार, वैशाख २१, २०८३

अफगानिस्तानमा १२ जना लागू औषध तस्कर पक्राउ

मेरोन्यूज २०७९ मंसिर १९ गते १७:५७

काठमाडौँ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा लागू औषध तस्करीमा संलग्न रहेको आरोपमा अफगान प्रहरीले १२ जनालाई पक्राउ गरेको प्रान्तीय प्रहरी कार्यालयले सोमबार एक विज्ञप्तिमा जनाएको छ ।

Advertisement
NiccNicc

पक्राउ परेकाको साथबाट १२ केजी अवैध लागू औषध चरेस र हेरोइन निर्माणमा प्रयोग हुने पदार्थसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

अवैध लागू औषधविरुद्धको अर्को कारबाहीमा प्रहरीले गत हप्ता पश्चिम घोर प्रान्तमा तीनवटा लागू औषध प्रशोधन प्रयोगशाला फेला पारेको थियो ।

तालिबानद्वारा सञ्चालित कार्यवाहक सरकारले देशलाई लागु औषधको दुव्र्यवहारबाट मुक्त नभएसम्म अफिम खेती, यसको प्रशोधन र लागू औषध ओसारपसारलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया