सिरहामा अनुमतिविनाका अस्पताल छ्यापछ्याप्ती, नियमक निकाय मूकदर्शक

सिरहा। सिरहामा नियामक निकायको मिलोमतोमा मापदण्डविपरीत अनुमतिविनाका अस्पताल तथा पोलिक्लिनिकहरु छ्यापछ्पाप्ती खुल्न थालेका छन् । निमयनकारी निकायको मौनता कारण लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, सिरहा सदरमुकाम लगायतमा सयौंको संख्यामा अनुमतिविना नै अस्पताल तथा क्लिनिकहरु सञ्चालन भएका हुन् ।
स्थानीय निकाय, प्रहरी प्रशासनकै सेटिङमा अनुमतिविनाका, मापदण्डविपरीत अवैध अस्पताल तथा क्लिनिकहरु सञ्चालन भएकोे छ । लहान नगरपालिकामा मात्र सयौँको संख्यामा क्लिनि तथा अस्पतालहरु संचालनमा रहे पनि जम्मा ४ वटा अस्पताल र ६ वटा क्लिनिकलेमात्र अनुमति लिएको स्वास्थ्य शाखा प्रमुख जगदिश मण्डलले जानकारी दिए ।
स्वास्थ्य शाखा प्रमुख मण्डल आफैँले लहान ८ मा संचालन गरेकोे मण्डल क्लिनिकसमेत दर्ताकोे नभएको नाम नखोल्ने सर्तमा एकजना स्वस्थ्यकर्मीले बताए । उनले भने, ‘नियमनकारी निकायले नै दर्ता प्रक्रियाको लागि फाइल पेस गर्ने क्लिनिक तथा अस्पतालहरुसँग अवैध रकम लिएर संचालन गर्ने छुट दिएको छ।
गोलबजार नगरपालिमा पनि विनादर्ताको अस्पताल तथा क्लिनिकहरु छ्यापछ्पाप्ती खुलेपनि नियमनकारी निकाय मौन रहेको देखिन्छ। गोबजारको मूख्य बजारक्षेत्र ४ र ६ नम्वर वडा तथा ७ र ८ नम्बर चोहर्वामा अनुमितिविनै तीन दर्जनभन्दा बढी अस्पताल तथा क्लिनिकहरु नियम कानुनविपरीत सञ्चाल भए पनि जनप्रतिनिधि तथा स्वास्थ्य शाखाका कर्मचारीहरु भने मौन सर्मथन गरेझैँ गुमनाम बसेका छन् ।
सम्बन्धित् निकायबाट अनुमति नलिएको, विशेषज्ञ डाक्टरको नाममा योग्यता नपुगेका स्वास्थ्यकर्मीले उपचार गर्दै आएको, उपचारको नाममा बिरामीसँग बढी रकम असुली गर्ने गरेको लगायतका जनगुनासो आए पनि नियमनकारी निकाय मौन भएर बसेका छन् ।
गोलबजारमा मात्रै करिब ३ दर्जनभन्दा बढी मापदण्ड नपुगेका अस्पताल, पोलिक्लिनिक,र ल्यावहरु सचालनमा रहेको नगर स्वस्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखा प्रमुख कर्णले क्लिनिकहरु धेरै खुलेका भए पनि केहीले अनुमतिको लागि कागजात पेस गरेका र चुनाव तथा जनप्रतिनिधिको व्यस्तका कारण अनुगमन गर्न नसकिएको बताए । उनले भने, ‘हामी योजना बनाउँदै छौं, अव तत्कालै सबै स्वास्थ्य संस्थाहरुको अनुगमन गरी प्रकृयापुगेकाहरुलाई अनुमति दिने र कारबाही गर्ने प्रक्रियामा जान्छौं ।’
जन स्वास्थ्य सेवा नियामावली अनुसार वार्षिक रुपमा नवीकरण फेल भएको ३ महिनाभित्र नवीकरण गर्नु पर्ने प्रावधान छ । तर, गोलबजारमा दुई आर्थिक वर्षदेखि यसको कुनै काम भएको छैन।
जिल्ला बाहिर दर्ता भए पनि नवीकरणसमेत नभएको उतिमलाल मेमोरीयल अस्पताल प्रा.लि.समेत गोलबजारमा सञ्चालनमा आएको छ ।
गोलबजार नगर स्वास्थ्य शाखामा नवीकरण्का लागि फाइल पेस गरिएका गोलबजार हेल्थ केयर सेन्टर, अजय डेन्टल ,सगरमाथा मोडेल अस्पताल र एस पोलिक्लिनिक, भुमिजा हस्पिटलको करिब २ वर्षदेखि नविकरण नै नगरिएको स्वस्थ्य शाखा प्रमुख कर्णले स्वीकारेका छन् । उनले भन्ने, ‘नगरभित्र संचालनमा रहेको १२ वटा स्वास्थ्य संस्थाले फाइल पेस गरेको भए पनि अनुगमन हुन नसकेको बताए।
जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ (१) मा कसैले पनि इजाजतपत्र नलिई गैरसरकारी, सरकारी वा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउन नहुने उल्लेख भए पनि सिरहामा भने कानुनलाई लत्याउँदै सयौँको संख्यामा मापदण्डविपरीत अवैध रुपमा पोलिक्लिनिक, औषधि पसल, अस्पताल, र ल्याबहरु संचालमा रहेका छन् ।
















आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया