जापानको ज्यालामा भारी गिरावट
मेरोन्यूज
२०७९ मंसिर २० गते २१:०६

काठमाडौँ । जापानको मुद्रास्फीति अक्टोबरमा समायोजित वास्तविक ज्यालादर एक वर्षअघिको तुलनामा २.६ प्रतिशतले घटेको छ । जुन सन् ०१५ जुनपछिको सबैभन्दा ठूलो गिरावट हो ।
श्रम मन्त्रालयले मङ्गलबार प्रारम्भिक प्रतिवेदन जारी गर्दै सो गिरावट सार्वजनिक गरेको छ । प्रारम्भिक तथ्याङ्कले ऊर्जाको बिल र खाद्यान्नको लागतलगायतका उपभोक्ता मूल्यहरू मात्र ज्यालामा बढेको कारण सूचकाङ्क लगातार सातौँ महिना घटेको देखाएको छ ।
अक्टोबरमा प्रति कामदारको कूल ज्याला एक वर्षअघिको तुलनामा १.८ प्रतिशतले बढेर दुई लाख ७५ हजार ८८८ येन वा लगभग दुई हजार अमेरिकी डलरमा पुगेको थियो ।
बढ्दो मुद्रास्फीतिको सामना गर्न जापानी सरकारले अक्टोबरमा ३९ ट्रिलियन येन (दुई सय ८६ बिलियन अमेरिकी डलर)को व्यापक आर्थिक प्याकेज अनुमोदन गरेको थियो ।
सम्बन्धित
















होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
‘धुरन्धर २’ ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड, बन्याे सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्म
गर्मीमा खानै हुन्न यी खानेकुरा
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया