आज हरियो तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बिहीबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३३५ रुपैयाँ रहेकाे जनाएकाे छ ।
हरियो अंगुर २३५ रुपैयाँ, अदुवा ५५, नेपाली ठूलो गोलभेडा ४५ रुपैयाँ, अनार ३१० रुपैयाँ, अमला ६५ रुपैयाँ, अम्बा १३५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ ३३ पैसा, सेतो आलु ४३ रुपैयाँ ३३ पैसा, उखु प्रतिवटा ८५ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, कागती ११० रुपैयाँ, किवि २२५ रुपैयाँ, अकबरे खुर्सानी २७५ रुपैयाँ कायम रहेको छ ।
त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ३५ रुपैयाँ, राजमा घिउ सिमी ११५ रुपैयाँ, घिरौला र चमसूरको साग ८५ रुपैयाँ, कन्य च्याउ १७० रुपैयाँ, डल्ले च्याउ ३६० रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, तोरीको साग ४५ रुपैया, लोकल परवर ५५ रुपैयाँ, भारतीय सुकेको प्याज ५३ रुपैयाँ ३३ पैसा र हरियो धनिया ११० रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

















नेपाल राष्ट्र बैंकले शुक्रबार का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
चैत ६ गते शुक्रबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
प्रतिक्रिया