शुक्रबार, वैशाख २५, २०८३

निबन्धकार श्रीबाबुको ‘सन्दिग्ध शताब्दी’ लोकार्पण

मेरोन्यूज २०७९ मंसिर २२ गते १०:५०

काठमाडौं । नेपालको पुरानो प्रकाशन गृह साझा प्रकाशनले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रसिद्ध नियात्राकार डा।दामोदर पुडासैनी किशोरुको नियात्रा सङ्ग्रह ‘डोल्पो ओ डोल्पो’ र कवि तथा निबन्धकार श्रीबाबु कार्कीको आत्मपरक निबन्धहरूको सङ्ग्रह सन्दिग्ध शताब्दी लोकार्पण गरेको छ । सो कार्यक्रम स्वागत मन्तव्यका रूपमा साझाका महाप्रबन्धक तथा वरिष्ठ कवि प्रल्हाद पोखरेलले कवितात्मक रूपमा सम्पूर्ण अतिथिज्यूहरूलाई स्वागत गरे ।
श्रीबाबु कार्कीकृत आत्मपरक निबन्धसङ्ग्र सन्दिग्ध शताब्दीुमाथि समालोचक तथा कवि प्रमोद प्रधानले नेपाली आत्मपरक निबन्ध लेख्ने निबन्धकारहरू निक्कै कम रहेको उल्लेख गर्दै श्रीबाबुको निबन्ध जीवन र जगतलाई नजीकबाट हेर्न सकिने शक्तिशाली सङ्ग्रह रहेको बताए ।

Advertisement
NiccNicc

भाषामा काव्यिकतत्वले भरिएका यी निबन्ध खण्डिकृत गरिदिएर कविताको फममा राखिदिने हो भने कुनै शक्तिशाली र कालजयि कविताभन्दा कम नरहेको स्पष्ट पारे।

निबन्धका हरेक हरफहरूमा कलात्मक भाषा शैली, पठनमा लयात्मकता, सघन सूक्तिमयता र जीवन दर्शनको गहिराईमा पुगेको अनुभूति पाठले गर्न सक्नेछन् । सङ्ग्रहका हरेक निबन्धहरू कालजयि र निबन्धका पाठकहरूलाई विशिष्ट अनि बौद्धिक आस्वाद गराउनेमा आफू ढुक्क रहेको समेत दाबी गरे ।

कार्यक्रममा डा. दामोदर पुडासैनीको ‘डोल्पो ओ डोल्पो’मा समालोचकीय मन्तव्य राख्दै प्रा।डा। रमेश भट्टराईले दामोदर पुडासैनीको लेखन निक्कै स्तरीय र कलात्मक रहेको बताए ।

पुडासैनीको पुस्तकाकार रूपमा निक्कै मोटो भए पनि आफूलाई हरेक पृष्ठहरूले आकर्षित गरेको बताए । यो कृतिले नेपाली जन-जीवनको सौन्दर्यमा खिचेको छैन । सामाजिक लय, संस्कृति र हाम्रो सामाजिक आदर्शलाई पनि उजागर गरेको छ ।

साझा प्रकाशनद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा ललितपुर महानगर पालिकाका मेयर श्री चिरिबाबु महर्जन कार्यव्यस्तताका कारण अनुपस्थित रहेपछि विशेष अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा। दामोदर रेग्मीले ‘व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोशका लागि कोशकार प्राध्यापक नीलमणि ढुंगानालाई ( २०७८ सालको साझा पुरस्कार ५१ हजार राशि र प्रमाणपत्रका साथ दुबै पुस्तकहरू लोकार्पण गरेको थिए । कार्यक्रम साझा प्रकाशका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्री विजय सुब्बाको सभापतित्वमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया