विद्युत खपत बढाउन पूर्वाधारमा लगानी बढाएका छौँ : कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउनको लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् ।
बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि लगानी केन्द्रित रहेको बताए । उनले नेपालमा उत्पादन विद्युत नेपालमा नै खपत बढाउनका विभिन्न इभी एक्स्पो भइरहेको बताएका थिए ।
घिसिङले विद्युत खपतको लागि चार्जिङ स्टेसनहरु बिस्तार र इन्डक्स कुकिङलाई प्राथमिकता दिँदै आएको बताए । उनले विद्युत प्रशारण, वितरण र सव स्टेशनको विकास नभई विद्युत खपत बढाउन नसक्ने बताएका हुन् ।
‘अहिले नेपालमा नै विद्युत खपत बढाउन इभी एक्स्पोदेखि इभीको प्रमोसन भएको छ, चार्जिङ स्टेशनहरु बढेको छ, प्राधिकरण इन्डक्स कुकिङको कुरा गरिरहेका छौं, सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि निरन्तर लागिरहेका छौं, विद्युत प्रशारण वितरण र सव स्टेशनको विकास नभई धेरै विद्युत खपतको अपेक्षा गर्न सक्दैनौं,’ उनले भने, विद्युतीय पूर्वाधार निर्माणमा प्राधिकरणको ठूलो लगानी भइरहेको छ, प्राधिकरण निरन्तर, गुणस्तरीय विद्युत र चाहेजति विद्युत सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा छौं ।’
उनले विद्युत निर्यात गर्नु सरकारको सफलता नभई खपत नभएको विद्युतलाई खेर फाल्नुभन्दा निर्यात गर्नु राम्रो भएको बताए । विद्युत खपत बढाउँदै वद्युत खपतमार्फत नै समृद्धि आउने बताए ।
















लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
नेपाल राष्ट्र बैंकले शुक्रबार का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
चैत ६ गते शुक्रबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
प्रतिक्रिया