आइतबार, वैशाख २०, २०८३

वेस्ट बैङ्कमा भएको झडपमा ३ प्यालेस्टाइनीको मृत्यु

मेरोन्यूज २०७९ मंसिर २२ गते १९:३७

काठमाडौँ । उत्तरी वेस्ट बैंक शहर जेनिनमा इजरायली सेनासँगको गोली हानाहानमा बिहीबार बिहान तीन प्यालेस्टाइनी लडाकूको मृत्यु भएको प्यालेस्टिनीले जनाएको छ ।

Advertisement
NiccNicc

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय प्रेस विज्ञप्ति जारी गर्दै इजरायली सेनाले तीन प्यालेस्टाइनीको गोली हानी हत्या गरेको र एक जना गम्भीर घाइते भएको जनाएको छ ।

तर, स्थानीय र सुरक्षा स्रोतहरूले इजरायली सेनाले शहरको मुख्य चौकमा आक्रमण गरी तीन प्यालेस्टाइनी लडाकूहरू तारिक अल दमेज, सिद्दकी जकार्नेह र अत्ता शालाबीलाई मारेको जनाएको छ ।

घटनापछि थुप्रै प्यालेस्टाइनी लडाकुहरू र इजरायली सैनिकहरू बीच व्यापक गोली हानहान भएको जनाएका छन् । तीन प्यालेस्टाइनी लडाकुको हत्याको विरोधमा शहरमा प्यालेस्टिनी गुटहरूले शोक घोषणा गरेका छन् ।

आधिकारिक तथ्याङ्कले जनवरीदेखि गाजा पट्टीमा २१३ प्यालेस्टाइनी मारिएको देखाएको छ । अधिकांश प्यालेस्टिनीहरू उत्तरी वेस्ट बैंक शहर जेनिन र नाब्लसमा मारिएको जनाइएको छ ।

प्रतिक्रिया