यी हुन् एमालेका कर्णाली प्रदेशसभा समानुपातिक सांसद
मेरोन्यूज
२०७९ मंसिर २४ गते १७:५६

काठमाडौँ । नेकपा एमालेको आज बसेको बैठकले कर्णाली प्रदेशबाट समानुपातिकतर्फ पाँच जना प्रदेशसभा सदस्यको टुंगो लगाएको छ ।
नेकपा एमालेको आजको बैठकले निर्वाचन आयोगलाई बुझाएको सूचीअनुसार हुम्लाका कलबहादुर हमाल चयन भएका छन् । यस्तै, जनजातिबाट सुर्खेतकी नन्दा गुरुङ, दलित महिलाबाट दैलेखकी गमता वि.क., खस आर्यतर्फबाट कालिकोटकी दक्षिणा शाही र रुकुम पश्चिमकी तुलसा मल्ल छानिएका छन् ।
एमालेले प्रत्यक्षतर्फका २४ सिटमध्ये कर्णालीमा पाँच सिट जितेको छ । एमाले कर्णालीमा दश सिटसहित तेस्रो दल बनेको हो । १४ सिटसहित कांग्रेस पहिलो, १३ सिटसहित माओवादी दोस्रो बनेका छन् । राप्रपा र नेकपा एसको भागमा एक–एक सिट परेको छ ।
सम्बन्धित













त्रिशूली किनारमा बालुवाले पुरिएको अवस्थामा भेटियो गणपति डिलक्स
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त
चुरोटभन्दा हानिकारक हुक्का
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया