रुकुमपश्चिममा १४६ जनाको आँखाको शल्यक्रिया
काठमाडौँ । रुकुम पश्चिममा १४६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । रुकुम आँखा उपचार केन्द्र सल्लेमा उनीहरुको शल्यक्रिया भएको हो ।
जिल्लाको चारवटा पालिकामा भएको आँखा जाँच शिविरमा उनीहरुमा मोतियाविन्दु पहिचान भएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिए ।
सानीभेरी, त्रिवेणी, बाँफिकोट गाउँपालिका र मुसीकोट नगरपालिकाका विभिन्न ठाउँमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको थियो ।
दुई दिनसम्म चलेको निःशुल्क आँखा जाँच तथा शल्यक्रया शिविरबाट छ सय ९६ आँखाका बिरामीले सेवा लिएका छन् । नेपाल नेत्र ज्योति सङ्घ एकीकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक तथा राप्ती आँखा अस्पताल तुलसीपुर दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिकाको स्थानीय व्यवस्थापनमा शिविरको आयोजना गरेको हो ।
शिविरमा नेत्र विशेषज्ञ डा सुरेश रसाइलीको नेतृत्वमा १६ स्वास्थ्यकर्मी तथा प्राविधिक टोलीले सेवा दिएको थियो ।
















HoR elections: 88 polling stations ‘sensitive’ in Kavre
6 killed in police encounter in southern Pakistan
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गतेदेखि
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया