‘१० प्रतिशत समुद्री प्राणी बिलुप्त अवस्थामा’
काठमाडौं । समुद्रमुनि रहेका विरुवा र प्राणीमध्ये दश भागको एकभाग बिलुप्त अवस्थामा रहेका प्रजातिहरुको पछिल्लो रातो सूची रेड लिस्ट अफ थ्रिएट्न्ड स्पाइसेजले देखाएको छ । प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसीएन)का अनुसार १७ हजार ९०३ समुद्री वनस्पति र प्राणीमध्ये १ हजार ५५० भन्दा बढी बिलुप्त हुने खतरामा छन् ।
जलवायु परिवर्तनदेखि वातावरण प्रदूषणसम्म मानव गतिविधिका कारण सामुद्रिक जीवन जोखिममा परेका हुन् ।
खानी र ग्यासको अन्वेषण तथा उत्पादन र प्रदूषणका कारण तिनीहरूको मुख्य खाद्य स्रोतमा हानी पुग्दा संख्या पनि घटेको हो । चरम मौसम र तातो समुद्री छाल जस्ता प्राकृतिक कारण पनि लोपको अर्को कारण हो भने ब्लीचिङ पाउडर र रोगले ठूलो संख्यामा समुद्री प्राणी जोखिममा परेका छन् ।
‘हामीले समुद्री प्रजातिहरूमा निकै विनाशकारी प्रभाव पारिरहेको देखाउँछ’,आइयुसीएन रेड लिस्टका प्रमुख क्रेग हिल्टन–टेलरले भने, ‘समुद्रमुनि वास्तवमा के भइरहेको छ भनेर तपाइले देख्न सक्नुहुन्न ।’
जोखिम हुने समुद्री प्रजातिहरूको अंश हालको तथ्यांकको तुलनामा धेरै बढी हुन सक्ने टेलर बताउँछन् । तथ्यांकअनुसार पूर्वी अफ्रिकाम समुद्रमा बस्ने शाकाहारी स्तनपायी जनावर डगोङ र फ्रान्सेली क्षेत्रमा पाइने न्यु क्यालेडोनियाको संख्या हवात्तै घटेको छ ।
लोपन्मुख प्रजातिको संरक्षण गर्न तत्काल पहल गर्नुपर्ने आइयुसीएनले जोड दिएको छ ।एजेन्सी
















अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया