लकडाउनको तनावले किशोर किशोरीको दिमाग छिटो बुढोः अध्ययन

एजेन्सी । कोभिड १९ लकडाउनमा तनावको परिणामस्वरूप किशोर/किशोरीको दिमाग छिटो बुढो हुने गरेको एक अध्ययनले देखाएको छ । नतिजाहरू हिंसा, बेवास्ता र पारिवारिक असक्षमताको परिणामको रूपमा पहिले देखिएका प्रभावजस्तै रहेको अध्ययनले देखाएको छ ।
विचार र भावनाको मामिलामा किशोरावस्था एक कठिन समय हुन सक्छ र मस्तिष्कमा धेरै पुनर्गठन हुन्छ । महामारीले कोर्टेक्सलाई पातलो बनाएर तथा हिप्पोक्याम्पस र एमिग्डाला मस्तिष्क खण्डहरूको आकार बढाएर पुनर्गठनलाई तीब्र गरेको अध्ययनको निस्कर्ष छ ।
सोधकर्ताहरुले अमेरिकामा महमारीअघि सन् २०१६ नोभेम्बरदेखि सन् २०१९ को बीचमा ८१ किशोरको एमआरआई स्क्यानलाई सन् २०२० को अक्टोबरदेखि मार्च २०२२ सम्मको अवधिमा (लकडाउन खुलेपछिको महामारीको समय) ८२ किशोरसँग तुलना गरेका थिए ।
अनुसन्धानकर्ताहरूले किशोरावस्थामा मस्तिष्कमा हुने शारीरिक परिवर्तनहरू जस्तै कोर्टेक्सको पातलो हुने र हिप्पोक्याम्पस र एमिग्डालाको वृद्धि लकडाउनपछिको समूहमा पहिलेको भन्दा बढी रहेको पत्ता लगाएका थिए ।
अध्ययन स्ट्यानफोर्ड विश्वविद्यालयको बाइलोजिकल साइकेट्रियाः ग्लोबल ओपन साइन्समा प्रकाशित छ ।
















बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
चितवन अटो शो मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर
सन नेपाल लाइफको सहकार्यमा छैटौँ इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुँदै
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया