हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न चीनको आह्वान

काठमाडौँ । चीनले अमेरिकालाई हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न आह्वान गरेको छ । मानव अधिकारका नाममा हङकङ विशेष प्रशासनिक क्षेत्रलाई गरिने गैरजिम्मेवारपूर्ण टिप्पणी बेइजिङलाई अमान्य हुने उसले दोहोर्याएको छ ।
हङकङमा मानव अधिकारको स्थिति र विधिको शासनलाई लिएर अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता तथा केही अमेरिकी विधायकले गरेको गैरजिम्मेवारपूर्ण टिप्पणीप्रति आपत्ति जनाउँदै चिनियाँ विदेश मन्त्रालयको आयुक्तको कार्यालयले आइतबार जिमी लाइको ठगी मुद्दा कानुनमा आधारित निर्णय भएको स्पष्ट गरेको छ ।
कानुनको शासन हङकङको समृद्धि र स्थायित्वको आधारशिला भएको स्पष्ट गर्दै हङकङ अदालतले जिमीविरुद्धको मुद्दामा गरेको सुनुवाइ पूर्णतया वैधानिक एवम् पारदर्शी रहेको आयुक्तको कार्यालयका प्रवक्ताले बताएका छन् ।
“कानुनभन्दा माथि कोही पनि हुँदैन, जिमी लाइको ठगी मुद्दामा प्रमाण स्पष्ट छ, त्यो आपराधिक मुद्दा हो,” हङकङमा चीन विरोधी शक्तिलाई समर्थन नगर्न सुझाउँदै प्रवक्ताले भनेका छन् ।
निष्पक्षता, न्याय र विधिको शासनका निम्ति आफू अग्रपङ्तिमा रहेको दाबी गर्ने अमेरिकाले अपराधीलाई मानवअधिकारका नाममा संक्षरणको प्रयास गर्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी उनले गरेका छन् । साथै उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आह्वान पनि गरेका छन् ।
















बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया