अफगानिस्तानमा बस पल्टिँदा पाँच जनाको मृत्यु, २८ घाइते
काठमाडौँ । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइतबार एक यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा २८ जना घाइते भएका प्रान्तीय प्रहरीले जनाएको छ ।
प्रान्तीय राजधानी कुन्दुज बाहिर आइतबार बिहान भएको सडक दुर्घटनामा परी महिला र बालबालिकासहित पाँच जनाको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएका हुन् ।
प्रान्तीय सूचना तथा संस्कृति प्रमुख मतिउल्लाह रोहानीले दुर्घटनाको पुष्टि गर्दै घाइते यात्रुलाई उपचारका लागि अस्पताल लगिएको जानकारी गराए ।
दुर्घटनाका लागि चालकको लापरबाहीलाई जिम्मेवार ठहर्याउँदै रोहानीले सम्बन्धित अधिकारीहरूले राजमार्ग ट्राफिक सुरक्षा सुनिश्चित गर्न कदम चाल्ने बताए ।
पहाडी भूगोल, कमजोर सडक संरचना र चालकहरूद्वारा हुने यातायातका नियम उल्लङ्घनका कारण अफगानिस्तानमा हरेक बर्ष सयौँ यात्रुले अकालमा जीवन गुमाउने गरेका छन् ।
















यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया