शुक्रबार, चैत ६, २०८२

बाराही हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

मेरोन्यूज २०७९ मंसिर २६ गते ७:३५

काठमाडौँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले बिक्री खुलाएको साधारण सेयर (आईपीओ)मा आवेदन दिने सोमबार (आज) अन्तिम दिन रहेको छ । मंसिर २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो । 

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि दुई लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये एक लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरेको छ ।

बाँकी रहेको एक लाख चार हजार कित्ता सेयर र सर्वसाधारणका लागि छुट्याइएको चार लाख ५० हजार कित्ता सेयर गरी कूल पाँच लाख ५४ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । 

पाँच प्रतिशत अर्थात २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । त्यसपछि बाँकी रहनेमध्ये २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ ।

सर्वसाधारणले बाँकी पाँच लाख १५ हजार २२० कित्ता सेयरका लागि आवेदन दिन सक्ने छन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ बि माइनस प्रदान गरेको छ ।

प्रतिक्रिया