शुक्रबार, चैत ६, २०८२

इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न

मेरोन्यूज २०७९ मंसिर २६ गते १०:४४

काठमाडौँ । कमलपोखरीस्थित इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न गरेको छ । समारोहमा स्नातक तहअन्तर्गत बीएससी कम्युटिङ, बीएससी कम्युटर नेटवार्किङ एण्ड आइटी सेक्युरिटी, बीए बिजनेस एड्मिनिटेसन र बीएससी मल्टिमिडिय टेक्नोलाेजीका ८५७ जना विद्यार्थी सहभागी भएका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

दीक्षान्त समारोहमा स्नातकोत्तर तहअन्तर्गत एमएससी आइटी एण्ड एप्लाइड सेक्युरेटी विषयका ७२ जना विद्यार्थी दीक्षित भएका छन् । समारोहमा बिजनेस विषयमा स्नातक तह गर्ने ९४ र आइटी तह पूरा गर्ने ८३५ विद्यार्थी गरी जम्मा ९२९ विद्यार्थी दीक्षित भएका हुन् ।

कलेजले शनिबार र आइतबारका दीक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा विद्यार्थीका अभिभावकको उल्लासमय उपस्थिति रहेको थियो । बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित छ ।

दीक्षान्त समारोहमा विश्वविद्यालयका उप-कुलपति प्रोफेसर जुली हलले विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिन् । सो अवसरमा बोल्दै उनले विश्वभर सम्बन्धन प्राप्त कलेजमध्य इस्लिङ्टन कलेज उत्कृष्ट भएको बताएकी थिइन् । उनले भनिन्, ‘यो महत्वपूर्ण अवसरमा सबै विद्यार्थीको सुखद भविष्यको शुभकामना दिन चाहन्छु ।’

दीक्षान्त समारोहमा बोल्दै आइएनजीका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले लण्डन विश्व विद्यालयाको हाइऱ्याङकिङमा परेको यस कलेजमा उत्तीर्ण विद्यार्थीले नेपाल र विश्वका विभिन्न मुलुकमा उत्कृष्ठ स्थान हासिल गर्न सफल भएको बताए । उनले दीक्षित विद्यार्थीहरूको उज्वल भविष्यको शुभकामना दिइन् ।

प्रतिक्रिया