शुक्रबार, चैत ६, २०८२

केपी ओलीको चुनाव खर्च १९ लाख मात्रै !

मेरोन्यूज २०७९ मंसिर २६ गते १३:५६

काठमाडौँ । झापाबाट प्रतिनिधिसभामा र प्रदेशसभाबाट उम्मेदवार बनेका १९२ उम्मेदवारमध्ये ८४ जनाले मात्र आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म चुनावी खर्च विवरण बुझाउनेमा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनी विजयी बनेका एमालेका अध्यक्ष केपी शर्मा ओेलीसहित विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार रहेका छन् ।

ठूला दलबाट निर्वाचन खर्च बुझाउनेमा हालसम्म अध्यक्ष ओली मात्र रहेको निर्वाचन कार्यालयका नासु प्रेम गुरागाईंले जानकारी दिए ।

उनले अध्यक्ष ओलीले प्रचार सामग्री छपाइ, यातायात, खाजा, खाना, सम्पर्क कार्यालय स्थापना लगायतको शीर्षकमा १८ लाख ८२ हजार चुनावी खर्च भएको विवरण कार्यालयमा बुझाएको बताए ।

निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले आफ्नो खर्च विवरण बुझाइसक्नु पर्ने प्रावधान रहे पनि उम्मेदवारले खर्च विवरण बुझाउन विलम्ब गरिरहेको उनको भनाइ छ ।

उनले नेपाल मजदूर किसान पार्टी (नेमाकिपा)का प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका कृष्ण गोपाल, महेन्द्र खायामलीलगायतले भने चुनावी खर्च शून्य भएको विवरण बुझाएको जानकारी दिए ।

प्रतिक्रिया