शुक्रबार, चैत ६, २०८२

सेयर बजार सामान्य अंकले गिरावट

मेरोन्यूज २०७९ मंसिर २७ गते १५:४४

काठमाडौँ । सेयर बजार मंगलबार सामान्य अंकले ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २.५७ अंकले ओरालो लागेसँगै १८९९.७० विन्दुमा आएर रोकिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६३ अंकले घटेर ३७१.३० मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०६ कम्पनीको कारोबार हुँदा ९० कम्पनीमम वृद्धि भएको र १०४ कम्पनीमा ओरालो लागेसँगै १२ कम्पनी स्थिर रहेको छ ।

यस्तै, कूल २४८ कम्पनीको कारोबार हुँदा २० लाख ५८ हजार ५१० कित्ता सेयर खरिद बिक्री हुँदा ७७ करोड ७० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा मंगलबार नविल बैंक शीर्ष स्थानमा छ । आज सात करोड १७ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा नेपाल दुरसञ्चार कम्पनी र तेस्रोमा सुम्मीत लघुवित्त वित्तीय संस्थाको कारोबार भएको छ ।

प्रतिक्रिया