पाँच महिनादेखि अवरुद्ध कोहलपुर डायलेसिस सेवा पुनः सुचारु

बाँके । बाँकेको कोहलपुरमा पाँच महिनादेखि अवरुद्ध रहेको डायलेसिस सेवा पुनः सुचारु भएको छ ।
डायलेसिस सेवा अवरुद्ध हुँदा अकालमै मृत्यु हुने बिरामीको संख्या बढेको थियो । नेपालगञ्ज मेडिकल कलेजद्वारा सञ्चालित कोहलपुर मेडिकल कलेज दस बिघामा डायलेसिस सेवा वीरगन्ज हेल्थ केयर प्रालिको सम्झौतामा छ । उक्त कम्पनीले अस्पतालबाट भुक्तानी रकम नपाउँदा सेवा स्थगित भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सूचना अधिकारी सञ्जयकुमार पन्तले बताए ।
उनका अनुसार बिरामीहरूको संख्या दिनहुँ बढ्दै गएको तथा बिरामीहरुलाई निकै समस्या भएकाले अहिले अस्पताललेले डायलेसिस सेवा सुरु गरेको हो । डायलेसिसका केही मेसिन बिग्रेकाले उक्त मेसिन पनि मर्मत गरी सेवामा ल्याउने उनको भनाइ छ । जबकि ६ वटा मेसिन सेवाका लागि सञ्चालनमा ल्याइएको कर्मचारी संगठनका निवर्तमान सभापित कुश्माखर बस्यालले जानकारी दिए । कुश्माखरका अनुसार डायलेसिस सेवाका लागि ल्याइएको मेसिनले बिरामीहरूलाई निकै राहत दिनेछ ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया