रियलमीका आकर्षक र प्रिमियम फोन रियलमी १० प्रो प्लस ५जी आउँदै

काठमाडौंँ । विश्वमा सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्राण्ड रियलमीले मिड रेञ्जको २०२२ कै सबैभन्दा प्रिमियम स्मार्टफोन नेपालमा ल्याउने भएको छ । यो नेपालमा आउन लागेको रियलमी १० प्रो सिरिजकै पहिलो फोन हो ।
रियलमी १० प्लस प्रो ५ जी नाम दिइएको यो स्मार्ट फोनको कभ्र्ड डिस्प्ले झट्ट हेर्दा अत्यन्तै आकर्षक र स्टाइलिश देखिन्छ । डिस्प्ले टेक्नोलोजी सुधार्नमा मात्र लगभग साँढे एक करोड खर्च गरिएको कम्पनीले जनाएको छ ।
फोनको अर्को आकर्षक पक्षमा डाइमेन्सिटी १०८० ५ जी चिपसेट हो । जुन नेपालमै पहिलो भएको र यो सेगमेन्टकै बेस्ट भएको दाबी गरिएको छ ।
यसको ६ इञ्चको कर्भ डिस्प्ले हेर्नमा अत्यन्तै आकर्षक छ । साथै, यसको कलर गेमुट पनि वाइड छ । एचडिआर १० प्लस सर्टिफाइड भएकाले यसमा मज्जाले एचडिआर कन्टेण्टहरू हेर्न सकिन्छ ।
त्यस्तै, रियलमी १० प्लस प्रो ५ जीलाई अघिल्ला सेटभन्दा अझै बढी टिकाउ बनाउन विशेष तरिकाले डिजाइन गरिएको ०.६५ एमएमको सेकेण्डरी टेम्पर्ड ग्लासको प्रयोग गरिएको छ । जुन अत्यन्तै बलियो हुन्छ ।
यसमा १०८ एमपिको मेन सेन्सर लगायत तीनवटा क्यामरा पछाडिपट्टि राखिएको छ भने ६७ वाट सम्म सुपरभोक चार्जिङ सपोर्ट गर्ने ५००० एमएएचको ब्याट्री रहेको छ ।
















इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभामा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया