सेञ्चुरी कमर्सियल बैंक र काठमाडौँ क्यान्सर सेन्टरबीच सम्झौता

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाडौँ क्यान्सर सेन्टर, चाँगुनारायणबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहक वर्गहरू तथा बैंकका कर्मचारीलाई काठमाडौँ क्यान्सर सेन्टर, चागुनारायणमा विभिन्न सेवामा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । थ्री डी सीआरटी सेवा, आईएमआरटी सेवा, भीएमएटी सेवालगायत अन्य सेवामा छुट दिने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा काठमाडौँ क्यान्सर सेन्टर, चाँगुनारायणका तर्फबाट अध्यक्ष अञ्जनी कुमार झा र बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्टले हस्ताक्षर गरेका थिए ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

















चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
काठमाडौँका बीस हजार विद्यार्थीको आँखा जाँच गरिंदै
मृत्युको हल्ला चलेपछि बेन्जामिन नेतन्याहुले भने -‘म जिउँदै छु’
आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया