माओवादी नेता वर्षमानको स्वास्थ्यमा सुधार
मेरोन्यूज
२०७९ पुष १ गते १७:०८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार हुँदै गएको छ ।
जन्डिस बिग्रेर फेरि अस्वस्थ भएपछि पुनको अहिले चीनमा उपचार भइरहेको छ । पारिवारिक स्रोतले पुनको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको जनाएको छ ।
एक वर्षअघि पुन चीनमा दुई महिना लामो उपचार गरेर फर्केका थिए । चुनाव सकिएलगत्तै उनमा फेरि स्वास्थ्यमा समस्या देखिएपछि उनी चीन गएका हुन् ।
यसअघि उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा उपचार गरिएको थियो । अहिले पनि उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् ।
सम्बन्धित

















आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया