मुम्बाईमा अर्बपतिकी श्रीमती बलात्कृत, भिडिओ बनाएर पैसाको बार्गेनिङ

काठमाडौँ । भारतको मुम्बईका अर्बपति व्यापारीकी श्रीमतीले भोपालको श्यामला हिल्स प्रहरी चौकीमा आफ्ना साथीका श्रीमानविरुद्ध बलात्कारको मुद्दा दायर गरेकी छन् ।
महिलाले आफ्नी साथीको श्रीमानले बलात्कार गरेर भिडियो पनि बनाएको आरोप लगाएकी छन् । उनका अनुसार बलात्कारपछि पीडकले पैसाको लागि ब्ल्याकमेल गर्न थालेका थिए । अभियुक्त निजी कम्पनीमा काम गर्छन् ।
पीडित महिलाका श्रीमानको कम्पनीको कूल सम्पत्ति ४१ हजार करोड भारू रहेको छ । यसअघि गत नोभेम्बर ११ मा ती महिलाले आरोपितविरुद्ध टीटी नगर प्रहरी चौकीमा कुटपिट र धम्कीको मुद्दा दर्ता गराएकी थिइन् । अभियुक्त पक्राउ नपरेको एसीपी नागेन्द्र पटेरियाले बताए ।
‘अप्रिल २०२१ मा धर्मेन्द्रले मलाई आफ्नो जन्मदिनमा घर बोलाए । घरमा मोनिका पनि भेटिएकी थिइन्, मोनिकाले हाम्रो सम्बन्धबारे सोधिन्, त्यसमा मैले धर्मेन्द्रलाई भनेँ कि तिमीले मोनिकालाई हाम्रो मित्रताको बारेमा किन भनेका छौ ?,’ पीडितले भनेकी छन्, ‘यसैबीच म श्यामला हिल्सको ह्वाइट हाउसको लनमा कोठा लिएर बस्न थालेँ, धर्मेन्द्र मलाई भेट्न होटल पुगे, यहाँ उसले मलाई बलात्कार गर्यो ।’
पीडितले भिडियो बनाएर मिलेर पैसाको लागि ब्ल्याकमेल गर्न थालेको बताएकी छन् । उनले भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने धम्की दिन थाले । उनले आफ्नो बालबालिकालाई समेत मार्ने धम्की दिएपछि आफू चुप लागेर बसेको बताएकी छन् । एजेन्सी
















आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया