कतार विश्वकप २०२२
तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि दुई देशवीच प्रतिस्पर्धा हुँदैछ । भोलि आइतबार खेलको फाइनल खेल अर्जेन्टिना र फ्रान्सका वीचमा हुँदैछ । तेस्रो स्थानका लागि भने आज मोरक्को र क्रोएसियाका वीचमा खेल हुन लागेको हो ।
विश्वकपमा सनसनीपूर्ण नतिजाका साथ सेमिफाइनलमा पुगेको मोरक्को फ्रान्ससँग २-० ले पराजित हुँदै तेस्रो स्थानको प्ले अफ खेल्नुपरेको हो । विश्वकपमा पहिलो अफ्रिकन राष्ट्रका रूपमा मोरक्को अन्तिम चारमा पुगेको थियो । अर्कोतिर, सेमिफाइनलमा क्रोएसिया अर्जेन्टिनासँग पराजित भयो । यो नतिजासँगै क्रोएसियाको लगातार दोस्रोपटक फाइनल खेल्ने योजना भताभुंग भयो । खलिफा अन्तर्राष्ट्रिय मैदानमा मोरक्को र क्रोएसिया तेस्रो स्थान हात पार्दै विश्वकप समाप्त गर्न चाहन्छन् ।
खेल नेपाली समय अनुसार राती ८ बजेर ४५ मिनेटमा हुनेछ ।
सन् २०१८ को फाइनलमा उपविजेता भएको क्रोएसिया चार वर्षपछि तेस्रो स्थानका लागि खेल्दै छ । लुका मोड्रिकको कप्तानीमा रहेको क्रोएसिया फाइनलमा नपुगेपनि तेस्रो स्थान हासिल गर्न चाहन्छ । सन् १९९८ मा पहिलोपटक क्रोएसियाले तेस्रो स्थानको प्ले अफ खेलेको थियो । त्यसवेला क्रोएसिया नेदरल्यान्ड्ससँग २–१ ले पराजित भएको थियो ।
उत्तर अफ्रिकन टोली मोरक्को फिफा विश्वकपको कसैले नसोचेको नतिजा निकाल्न सफल भएको छ । सेमिफाइनलबाहेक अन्य कुनै पनि खेलमा मोरक्कोको पोस्टमा विपक्षी खेलाडीले गोल गर्न सकेका थिएनन् । मोरक्कोको बलियो रक्षापंक्ति फ्रान्सका थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले तोडे । हर्नान्डेज र मुआनीको गोलसँगै वालिद रेग्रगुईको प्रशिक्षणमा रहेको मोरक्को पहिलोपटक विश्वकप फाइनल खेल्ने सपनाबाट वञ्चित भयो ।
मोरक्कोले प्रतियोगितामा पाँच ‘क्लिन सिट’ राखेको छ । अर्जेन्टिनाविरुद्ध खेल्दा क्रोएसियाका मिडफिल्डर मार्सेलो ब्रोजोभिक घाइते भएका थिए । उनी खेल्ने वा नखेल्नेमा द्विविधा छ । यसैगरी, रक्षक जोस्को भार्डिओस, बोर्ना सोसालगायत खेलाडीसमेत घाइते छन् । कप्तान मोड्रिकसहित माथेओ कोभासिच र गोलरक्षक डोमिनिक लिभाकोभिचको उत्कृष्ट प्रदर्शनले क्रोएसियाका प्रशिक्षक ज्लात्को डालिकलाई केही सहज हुनेछ ।
मोरक्कोका कप्तान रोमाइन साइस र बायर्न म्युनिखका नोउसाइर सेमिफाइनलमा घाइते भएका थिए । तेस्रो स्थानको खेलमा उनी खेल्ने वा नखेल्ने निश्चित छैन । केही घाइते खेलाडीका बाबजुद प्रशिक्षक वालिद अन्य खेलाडीका भरमा क्रोएसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी छन् । दुईबीचको पहिलो भेट सन् १९९६ मा भएको थियो ।
निर्धारित समय २–२ को बराबरी सकिँदा खेल पेनाल्टी सुटआउटमा क्रोएसियाले जितेको हो । जुन खेलमा तीन रातो कार्ड देखाइएको थियो । यसै विश्वकपको समूह चरणमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया