शुक्रबार, चैत ६, २०८२

सवारी अनुशासन कारबाहीबाट तीन लाख राजस्व संकलन

मेरोन्यूज २०७९ पुष २ गते १९:४८

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी अनुशासन कारबाहीबाट तीन लाख ५० हजार राजस्व उठाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार विभागले गएको मङ्सिर महिनाभरि नियम उल्लङ्घन गर्ने चार सय ५६ जनाबाट रु तीन लाख ४७ हजार उठाएको हो ।

उनका अनुसार सबैभन्दा धेरै सिल्टबेल्ट नबाँधेको र हेलमेट नलगाएका चार सय ५६ सवारी चालक कारबाहीमा परेका छन् । विभागले हरेक महिना आन्तरिक रूपमा पनि सवारी चालकले गर्ने नियम उल्लङ्घनका बारेमा अनुगमन गर्ने गरेको छ । यो विभागअन्तर्गत रहेको ट्राफिक टिमले गरेको कारबाहीबाट उठेको राजस्व हो ।

विभागले गरेको अनुगमनमा प्रदूषण स्टिकर नभएको, लाइसेन्स तथा ब्लुबुक नबोकेको, सवारी साधन मोडिफाइड गरेको आदि कसुरमा चालक कारबाहीमा परेका छन् ।

प्रतिक्रिया