हिजाबविरोधी आन्दोलनलाई समर्थन गर्ने इरानी अभिनेत्री पक्राउ
मेरोन्यूज
२०७९ पुष ३ गते ८:२५

तेहरान । हिरासतमा एक महिलाको मृत्यु भएपछि सुरु भएको तीन महिना लामो विरोध आन्दोलनलाई समर्थन गरेपछि इरानले एक प्रमुख अभिनेत्रीलाई शनिबार पक्राउ गरेको इरानी सञ्चार माध्यमहरुले शनिबार जनाएका छन् ।
३८ वर्षीय तरानेह अलिदुस्तीलाई ‘झूटा र विकृत सामग्री प्रकाशित गरेको र अराजकता भड्काएको आरोपमा गिरफ्तार गरिएको थियो’, तस्निम समाचार एजेन्सीले जनाएको छ ।
उनी सन् २०१६ को ओस्कार–विजेता फिल्म “द सेल्सम्यान“ मा उनको भूमिकाको लागि सबैभन्दा बढी परिचित छिन्। अलिदुस्तीको सबैभन्दा भर्खरको सामाजिक सञ्जाल पोष्ट डिसेम्बर ८ मा भएको थियो, सोही दिन २३ वर्षीय मोहसेन शेकरीलाई मृत्युदण्ड दिइएको थियो । इरानको हिजाबविरोधी पछिल्लो प्रदर्शनमा मृत्युदण्ड दिइएका उनी पहिलो प्रदर्शनकारी हुन् ।एजेन्सी
सम्बन्धित
















भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया