विश्वकपको फाईनल खेल :
बलिउड अभिनेता शाहरुख खान भन्छन् : मुटुमा मेसी, हेर्न लायक एम्बाप्पे

मुम्बई । आईतबार कतार फिफा विश्वकपको फाईनल खेल हुदैछ । कतारको लुसेल स्टेडियममा गत विश्वकप च्याम्पियन फ्रान्स र अर्जेन्टिना फिनाले प्रतिष्पर्धा गर्दैछन् ।
दुवै टिमका खेलाडी विश्वकप उचाल्नका लागि तम तयारीका साथ लागि परेका छन् ।
अर्जेन्टिनाका स्टार फूटबलर लियोनल मेसी अन्तिम पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । फ्रान्सका युवास्टार किलियन एम्बाप्पे पनि आफ्नो खेल कौशलबाट दर्शकलाई रोमाञ्चित बनाइरहेका छन् ।
यो उच्चस्तरीय प्रतिष्पर्धालाई बलिउड अभिनेता शाहरुख खान पनि प्रतिक्षा गरिरहेका छन् । शाहरुख लियोनल मेसीका फ्यान हुन् । शाहरुखले शनिबार सामाजिक सञ्जालको आफ्नो अफिसियल ट्वीटर हेण्डलमा आस्कसरुक ट्रेण्ड चलाएर कैयौं फ्यानको प्रश्नको जवाफ दिएका थिए ।
एसजे नामका एक प्रयोगकर्ताले शाहरुखलाई ‘भोलि फिफा विश्वकप फाइनलमा तपाईं कसको समर्थन गर्दै हुनुहुन्छ ?,’ भनी सोधेका थिए ।
शाहरुखले ‘अरे यार मुटु भन्छ मेसी । तर एम्बाप्पे पनि हेर्न लायक छन्’ भनी जवाफ दिएका थिए । शाहरुख अभिनित फिल्म ‘पठान’ रिलिजको तयारीमा छ । यो फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय छ ।










आज २०८२ साल पुस २ गते बुधबारको राशिफल
बढ्यो अमेरिकी डलरको मूल्य, आजकाे भाउ कति ?
एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया