फिफा विश्वकप २०२२
अर्जेन्टिना बन्यो विश्व विजेता

काठमाडौँ । अर्जेन्टिना विश्व विजेता बनेको छ । फिफा विश्वकप २०२२ मा फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिना तेस्रोपटक विश्वकप विजेता बनेको हो ।
अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जितेको हो । कतारको लुसिल स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेको हो ।
खेलको पहिलो हाफको २३ औँ मिनेटमा कप्तान लियोनल मेसीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । यस्तै, ३५ औँ मिनेटमा डि मारियाले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाएका थिए ।

दोस्रो हाफमा फ्रान्सका स्ट्राइकर केलियन एम्बापेले ८० औँ र ८२ औँ मिनेटमा गोल गर्दै बराबरी बनाए । त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको १०८ औँ मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै पुनः अर्जेन्टिनालाई अग्रता दिलाए । तर, त्यसको १० मिनेटपछि अर्थात ११८ औँ मिनेटमा ह्याट्रिक पूरा गर्दै एम्बाप्पेले खेललाई ३–३ को स्थिति बनाएका थिए । अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।

फ्रान्सका लागि पहिला पेनाल्टी हान्न आएका एम्बाप्पेले गोल गरे । दोस्रोमा ओउरेलिन चुआमेनी र किङग्स्ले कोमानको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले रोकेका थिए ।
अर्जेन्टिनाका लागि मेसी, आउलो डिबाला, लेन्ड्रो पारेडेस र गोञ्जालो मोन्तेइलले गोल गर्दै ३६ वर्षपछि आफ्नो देशलाई विश्वकप विजेता बनाए ।

















रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु
लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
FNJ marks World Press Freedom Day, argues free press a fundamental human rights
इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत
ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया