आप्रवासीलाई सम्मान गर्न संयुक्त राष्ट्र संघीयको आग्रह
काठमाडौँ । संयुक्त राष्ट्र संघीय महासचिव एन्टोनियो गुटरेसले आप्रवासीहरुको संरक्षण र सम्मानका लागि आग्रह गरेका छन् । उनले विश्वमा आप्रवासीहरूको संरक्षण र सम्मानका लागि कुनै कार्यक्रमहरु नभएको देखिएकाले सो आग्रह गरेका हुन् ।
विश्वमा अर्थतन्त्रको विकासका लागि आप्रवासीहरूको ठूलो योगदान रहेकाले यसको सम्मान गर्दै विश्वमा आप्रवासीलाई विना कुनै भेदभाव सम्मान गर्नु पर्ने र उनीहरुको संरक्षणको खाँचो रहेको महासचिव गुटरेसले बताए ।
विश्व आप्रवासन दिवसका अवसरमा उनले जारी गरेको सन्देशमा सो कुरा बताएका हुन् । उनले विश्वमा पछिल्ला वर्षमा कुनै पनि देशको आन्तरिक द्वन्द्व तथा विविध कारणले आप्रवासीको संख्यामा पनि वृद्धि भइरहेको जानकारी दिए ।
विश्वमा कोरोना महामारीका कारण देखिएको समस्याले आर्थिक मन्दी ल्याएको र यसबाट काम गरेर खाने बर्गका आप्रवासीमा पनि समस्या उत्पन्न भएको भन्दै अहिले विश्वका आप्रवासीको समस्या समाधानका लागि सबै पक्ष लाग्नु पर्ने पनि बताएका थिए ।
विश्वमा पछिल्ला वर्षमा कुनै पनि देशको आन्तरिक द्वन्द्व तथा विविध कारणले आप्रवासी देश छोडेर भाग्नु पर्ने अवस्था आएको र उनीहर्रू यस अर्को देशमा जाने क्रममा असुरक्षित यात्रा गर्न बाध्य भएकाले उनीहरूको सुरक्षाका लागि लाग्न पनि विश्वका देशलाई आग्रह गरे ।
उनले मानवीय सहायताका क्षेत्रमा काम गर्न र उनीहरूका हक अधिकारका लागि पनि सचेत रहन विश्वमा आप्रवासी रहेका देशका सरकारहरूसँग आग्रह गरे ।
















भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया