यु २३ टोली ढाका प्रस्थान गर्दै

काठमाडौं / बंगलादेशमा आयोजना हुने बंगबन्धु एसियन यु २३ सेन्ट्रल एसियनजोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ ।
नेपाल भलिबल संघ (एनभिए)ले आइतबार नै १९ सदस्यीय टोलीलाई बिदाई गरेको थियो । टोली आज नै ढाका पुग्ने कार्यक्रम छ । बीच भलिबल टोली भने केहि दिनपछि मात्रै त्यसतर्फ पुग्नेछ ।
प्रशिक्षक जगदिश भट्टको प्रशिक्षणमा यसअघि नै १४ सदस्यीय टोली घोषणा भइसकेको छ । नेपाली टोलीको कप्तानमा ओपन स्पाइकर धिरोजकुमार बस्नेत छन् । यसअघि संंघले खुल्ला छनोटमा आएका ८६ खेलाडीबाट राष्ट्रिय टोली निर्माण गरेको थियो ।
बंगबन्धु एसियन यु २३ सेन्ट्रल एसियनजोन अन्तर्राष्ट्रिय पुरुष प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका र काजकिस्तान रहेका छन्। नेपालले पहिलो खेलमा बिहीबार आयोजक बंगलादेशसँग खेल्नेछ ।
नेपाली टोलीः
धिरोज कुमार बस्नेत (कप्तान)– ओपन स्पाइकर
रवि केसी– ओपन स्पाइकर
सन्तोष खत्री– ओपन स्पाइकर
अर्जुन नेपाली– क्विक स्पाइकर
रुपबहादुर गुराउ –अलराउन्डर
बिष्णु बस्नेत– ओपन स्पाइकर
सफल बिक– क्विक स्पाइकर
सन्तोष महत्ता– क्विक स्पाइकर
हेमन्त मल्ल– अलराउन्डर
वेद प्रकाश जोशी– सेटर
सम्राट भण्डारी– सेटर
गौरब पाण्डे–लिबेरो
भिमराज गुरुङ– लिबेरो
बीच भलिबल खेलाडीः
महिलाः
कोपिल उप्रेती
कमला पुन
पुरुषः
मानबहादुर श्रेष्ठ
दिल सुनार
















पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया