युक्रेनलाई नयाँ हतियार पठाउँदा द्वन्द्व चर्किने क्रेमलिनको चेतावनी

काठमाडौँ । युक्रेनलाई थप हतियार उपलब्ध गराए द्वन्द्व चर्किने चेतावनी बुधबार क्रेमलिनले दिएको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणका क्रममा वासिङ्टनले कीभका लागि नयाँ हतियार प्याकेज घोषणा गर्ने अपेक्षबीच क्रेमलिनले युक्रेनलाई सहयोगी राष्ट्रले थप हतियार उपलब्ध गराउँदा द्वन्द्व चर्किने बताएको हो ।
प्रवक्ता दिमित्री पेस्कोभले भने, “यी सबै कुराले निश्चित रूपमा द्वन्द्वलाई बढावा दिन्छ र युक्रेनका लागि राम्रो सङ्केत गर्दैन । मस्कोले युक्रेनले शान्ति वार्ताबारे आफ्नो अडान परिवर्तन गर्ने अपेक्षा गर्दैन । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता इन्कार गर्नुहुने छैन ।”
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बुधबार नै वासिङ्टनमा अमेरिकी समकक्षी जो वाइडेनसँग भेटवार्ता गर्ने कार्यक्रम सार्वजनिक भएको छ । ह्वाइट हाउसकी प्रवक्ता करिन जिन पियरेले मङ्गलबार र युक्रेनी राष्ट्रपति जेलेन्स्की स्वयंले बुधबार मात्र भ्रमण कार्यक्रमबारे पुष्टि गरे ।
पियरेले एक विज्ञप्ति जारी गर्दै भने, “यो भ्रमणले युक्रेनलाई जति सक्दो लामो समयसम्म सहयोग गर्ने अमेरिकाको दृढ प्रतिबद्धतालाई दर्शाउनेछ ।”
जेलेन्स्कीले बुधबार गरेको ट्वीटर सन्देशमा आफ्नो अमेरिका भ्रमणबारे पुष्टि गर्दै लेखे, “युक्रेनको लचकता र प्रतिरक्षा क्षमतालाई मजबुत बनाउन म अमेरिका जाँदैछु ।”
















आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न प्रदेश सरकारको आग्रह
प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया