शुक्रबार, वैशाख १८, २०८३

मेसीले विश्वकपको ट्रफी उचालेको फोटोमा सबैभन्दा धेरै लाइक

मेरोन्यूज २०७९ पुष ७ गते ११:४२

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको उपाधि जितेको फोटोमा अहिलेसम्मकै धेरै लाइक आएको मेटा प्ल्याटफर्मका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बताएका छन् ।

Advertisement
NiccNicc

“लियोनल मेसीले गरेको विश्वकपको पोस्टमा इन्स्टाग्राम इतिहासकै सबैभन्दा धेरै लाइक आएको छ,” मेसीले फिफा विश्वकप ट्रफी उचालेको फोटो राखेर जुकरबर्गले लेखेका छन्, “ह्वाट्सएपमा पनि फाइनल अवधिभर कीर्तिमानी दुई करोड ५० लाख म्यासेज प्रतिसेकेन्ड आएको छ ।”

कतारमा सम्पन्न फिफा विश्वकप २०२२ मा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै उपाधि जितेको थियो । अर्जेन्टिनाले ३६ वर्षपछि पहिलोपटक उपाधि जितेको हो । अर्जेन्टिनाले यसअघि सन् १९८६ मा उपाधि जितेको थियो ।

प्रतिक्रिया