माधव नेपालको स्वास्थ्यमा सुधार

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारमा रहेका नेता नेपालको स्वास्थ्यमा सुधार भएको उनको उपचारमा संलग्न डा. सन्तकुमार दासले जानकारी दिए । उनका अनुसार नेता नेपालमा अहिले ज्वरो नरहेको, श्वासप्रश्वास गर्दा अक्सिजन लगाउन नपर्ने भएको छ ।
डा. दासका अनुसार भोलि पूर्ण रुपमा स्वस्थ्य भई नेता नेपाल घर फर्कने भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनलाई निमोनिया भएपछि अस्पताल भर्ना भएका थिए ।
नेता नेपाललाई अस्पतालका उपनिर्देशक डा. दासको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उपचार गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल अस्पताल पुगेर नेपालको स्वास्थ्यलाभको कामना गरेका थिए ।
















धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया