माघ ७ मा ‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन सम्पन्न
काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएशनले माघ ७ गते ‘राइट टु प्रोटिन रन’ नामक हाफ म्याराथन गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशोसिएशनले यसबारेमा जानकारी गराएको हो ।
प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसाथ गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले हाफ म्याराथनको आयोजना गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न विधाका दौड हुनेछन् ।
माघ ७ गते बिहान ७ बजे दशरथ रंगशालाबाट शुरु भएको म्याराथन सोही स्थानमा आइ समापन हुनेछ । कार्यक्रममा विभिन्न विधामा गरी ३ हजार व्यक्ति सहभागी हुने अनुमान आयोजकको छ । यो म्याराथन गत वर्ष आयोजना भएको रन फर प्रोटिन हाफ म्याराथनको दोस्रो एपिसोड हो ।
गत वर्षको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम भएकी थिइन् भने पुरुषतर्फ तीर्थ पुन प्रथम भएका थिए । यो प्रतियोगितामा पुरुष १० किमी, महिला ५ किमी, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमी (पुरुष) र ३ किमी (महिला) र फरक क्षमता भएका व्यक्तिहरुको लागि ह्वीलचेयर विधाका दौडहरु समावेश गरिएका छन् ।
कार्यक्रमको पुरस्कार राशी करसहित १३ लाख ७६ हजार ६६६ रहेको छ । करबाहेक १० लाख ३२ हजार ५ सय रहेको आयोजकले जनाएको छ । हाफ म्याराथनमा प्रथम पुरस्कार एक लाख, पाचौं स्थानसम्म प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था रहेको छ । आफूले भाग लिएको विधामा दौड पूरा गर्ने प्रतियोगीलाई मेडलको व्यवस्था गरेको आयोजकले जनाएको छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया