शनिबार, चैत ७, २०८२

साधना लघुवित्त वित्तीय संस्थाको लाभांश वितरण

मेरोन्यूज २०७९ पुष ८ गते ११:५०

काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयर धनीलाई १९ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । 

Advertisement
nepal life insurencenepal life insurence

असार मसान्तमा कायम चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने रकम छ करोड १० लाख ३२ हजार ८४५ रुपैयाँ बोनश सेयर वितरण गर्ने कम्पनीले जनाएको छ । 

कर प्रयोजनका लागि एक हुन आउने रकम ३२ लाख १२ हजार २५५ रुपैयाँ नगद लाभांश पनि दिने भएको छ । यस संस्थाले अघिल्लो वर्ष भने २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेपाल राष्ट्र बैंक र साधनाको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयर धनीलाई वितरण गरिने छ ।
 

प्रतिक्रिया